कावासोतीका विद्यालयहरु भदौ २७ बाट सन्चालन हुने

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १६ गते २१:२५
कावासोतीका विद्यालयहरु भदौ २७ बाट सन्चालन हुने

कावासोती । कावासोतीका विद्यालयहरु भदौ २७ गते बाट सन्चालन हुने भएका छन ।

बुधबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिको बैठकले विद्यालयहरु भदौ २७ गते बाट सन्चालन गर्ने गरि निर्णय गरिएको विपत व्यवस्थापन समितिका संयोजक एवं नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिएका छ्न ।

विपदको समयमा विद्यालय सन्चालन २०७७ अनुसार दुई सिफ्टमा विद्यालयहरु सन्चालन हुने मर्दनियाले जानकारी दिएका हुन ।

कोरोनाको दोस्रो लहर फैलिए पछि गत वैशाख १२ गते देखि बन्द रहेका विद्यालय खोल्नु पर्ने दबाब बढदै गएको बेला नगर स्तरीय विपत व्यवस्थापन समितिले विद्यालय सन्चालन गर्ने निर्णय गरेको हो । भदौ २७ गते बाट विद्यालय सन्चालन हुने भनिए पनि निजि विद्यालयहरुले भने निर्णय नगरिदै परिक्षा सन्चालन गरेका छ्न ।

प्रकाशित : २०७८ भदौ १६ गते २१:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI