दाउन्नेमा पहिरो : नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १८ गते ७:४९
दाउन्नेमा पहिरो : नारायणगढ – बुटवल सडकखण्ड अवरुद्ध

नवलपुर पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवद्धरु भएको छ ।
विहान सवा ५ वजे दाउन्नेको खोसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले जनाएको छ ।
पहिरो खसेपछि पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेका सवारीसाधनहरु बर्दघाट र पूर्वबाट पश्चिम तर्फ जादै गरेका सवारीसाधनहरु दुम्किबासमा रोकिएका छन् ।
पहिरो खसेको स्थानमा अहिलेपनि लगातार वर्षा भैरहेकोले सडक खुलाउका लागि काम सुरु हुन सकेको छैन ।

प्रकाशित : २०७८ भदौ १८ गते ७:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI