सन्दीप लामिछानेलाई जरिवाना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १५ गते ८:५३
सन्दीप लामिछानेलाई जरिवाना

काठमाडौं । काठमाडौं किंग्स ११ का कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल)ले जरिवाना गरेको छ ।

सन्दीपलाई चितवन टाइगर्सविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना लगाइएको हो । म्याच रेफ्री मोहम्द शफिकले यो जरिवाना तोकेका हुन् ।

त्यस्तै बाँकी खेलाडीहरूलाई पनि ‘म्याच फी’ को २ प्रतिशत जरीवाना गरिएको छ । जारी प्रतियोगितमा स्लो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन्।

बिहीबारको खेलमा काठमाडौं चितवनसँग ३ विकेटले पराजित भएको थियो । सन्दीप लामिछानेले ईपीएलमा पहिलोपटक कप्तानी गरेका हुन् ।

 

प्रकाशित : २०७८ असोज १५ गते ८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI