भुमिश्वर पौडेल शर्माको अध्यक्षतामा प्रेस सेन्टर नवलपुरको १५ सदस्यीय जिल्ला समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १३ गते १९:३९
भुमिश्वर पौडेल शर्माको अध्यक्षतामा प्रेस सेन्टर नवलपुरको १५ सदस्यीय जिल्ला समिति गठन

कावासोती । प्रेस सेन्टर नेपाल नवलपुर जिल्ला समितिको दोस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
कावासोतीमा आज भएको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । प्रेस सेन्टर नवलपुरको अध्यक्षमा भुमिश्वर पौडेल शर्मा चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा सुनिता भट्टराई, सचिवमा अर्जुन कंडेल, कोषाध्यक्षमा रञ्जु पाण्डे, सह–सचिवमा सदिक्षा पाण्डे र देवी सापकोटा, सदस्यहरुमा बसन्त भुजेल, किस्मत पौडेल, अमृत लम्साल लगायत रहुनभएको छ । त्यसैगरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अर्जुन अविरल र प्रितम भूजेललाई चयन गरेकाे छ । प्रेस सेन्टर नवलपुरका अध्यक्ष लक्ष्मी प्रसाद पंगेनीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला ईञ्चार्ज किशन शर्मा गैह्रे रहनु भएकाे थियाे । प्रेस सेन्टर नेपालका केन्द्रीय काेषाध्यक्ष सुरेश अधिकारी, नेपाल पत्रकार महासंघ गण्डकि प्रदेश अध्यक्ष नारायण शर्मा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालकाे केन्द्रीय सदस्य दिपक भट्टराई, नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का जिल्ला संयाेजक मित्रशरण शर्मा विहानी, नेपाल पत्रकार महासंघ, नवलपुर जिल्ला अध्यक्ष विरेन्द्र पराजुली, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रामकुमार श्रेष्ठ, गण्डकी प्रदेश वानका उपाध्यक्ष सागर पाेख्रेल, प्रेस युनियन नवलपुर सचिव खगराज सापकाेटा, प्रेस चाैतारीबाट दयाराम अाचार्य, डब्लु ब्लु जे नवलपुरकाे अध्यक्ष ज्ञानु पंगेनी लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे कार्यक्रमकाे सहजिकरण अर्जुन अविरलले गर्नु भएकाे थियाे । शुभकामना मन्तव्यकाे क्रममा अधिकांशले श्रमजीवी पत्रकारहरूकाे हकहितकाे लागि सबै संगठन एक भएर लाग्नु पर्ने बताएका थिए ।

प्रकाशित : २०७८ कार्तिक १३ गते १९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI