दश जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २७ गते ९:५९
दश जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १० जिल्लाको वडा अधिवेशन आज हुँदैछ । जसअन्तर्गत डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, धनुषा, महोत्तरी, बारा र पर्सा जिल्ला रहेका छन् ।

केन्द्रीय निर्वाचन समितिले संसोधनसहित जारी गरेको नयाँ कार्यतालिका अनुसार आज १२ जिल्लामा वडा अधिवेशन गर्ने भनिएको छ । तर, सिन्धुपाल्चोक र सर्लाही जिल्लाको अधिवेशन भने रोकिएको छ ।

कात्तिक २४ गते बसेको सिन्धुपाल्चोक जिल्लाको जिल्ला कार्यसमितिले वडा अधिवेशन कात्तिक ३० मा निर्णय गरेको थियो ।

यता, सर्लाहीमा भने जिल्ला निर्वाचन अधिकृतले शुक्रबार राजनीनामा दिएपछि वडा अधिवेशन अनिश्चित भएको छ ।

प्रकाशित : २०७८ कार्तिक २७ गते ९:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI