मुस्लिम र हिन्दू समुदायबीच ७ बुँदे सहमति भएपछि जनकपुरमा निषेधाज्ञा हटाइँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक २९ गते १७:४८
मुस्लिम र हिन्दू समुदायबीच ७ बुँदे सहमति भएपछि जनकपुरमा निषेधाज्ञा हटाइँदै

जनकपुरधाम । जनकपुरधामको देवपुरा रुपैठामा दुई मुस्लिम र हिन्दू धर्मालम्बीबीच सात बुँदे सहमति भएपछि निषेधाज्ञा हटाउन लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार दुई बीचमा सात बुँदे सहमति भएसँगै अहिले विवाद साम्य भएको छ र निषेधाज्ञा हटाउन लागिएको छ ।

छठ पर्वमा तेलिया पोखरीमा टठ घाट निर्माणको विषयमा दुई समुदायबीच भएको विवाद उत्पन्न भएको थियो । विवादलाई साम्य बनाउन प्रहरी अघि बढ्दा हिन्दू संगठन आक्रमक रुपमा प्रस्तुत भएको थियो ।

त्यसपछि प्रहरी र संगठनबचि झडप भएको थियो । झडपपछि जिल्ला प्रशासनले शनिबार आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । तर, विवाद शान्त नभएपछि आइतबार पुनः मंगलबार राति १० बजेका लागि निषेधाज्ञा तोकिएको थियो ।

तर, सोमबार दुई पक्षबीच ७ बुँदे सहमति भएपछि निषेधाज्ञा हटाउन लागिएको छ ।

प्रकाशित : २०७८ कार्तिक २९ गते १७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI