रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २२ गते ११:३६
रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले उक्त निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । उनका अनुसार उक्त समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ गरेको उनले बताए ।

प्रकाशित : २०७८ चैत २२ गते ११:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI