लालपुर्जा नपाएसम्म भोट हाल्दैनौ

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २२ गते २०:३०
लालपुर्जा नपाएसम्म भोट हाल्दैनौ

नारायण प्रभु/कावासोती
जति जति निर्वाचनको समय नजिकिदै छ त्यति त्यति कावासोती १ का स्थानीयहरु जुर्मुराउदै छन।कावासोती नगरपालिकाको ठूलो हिस्सा ओगटेको वडा नं.१ मा बिगत ४० वर्ष देखि अस्थायी बसोबास शुरु भएता पनि आज सम्म लालपुर्जा नपाएपछी स्थानीयहरु आक्रोशित हुदै जुर्मुराउन थालेका हुन।

कावासोती- १ मा मात्रै २००० घरधुरी रहेको वडामा करिब ४०० बिगाहा जमिन लालपुर्जा बिहिन रहेको छ। “बिगतमा धेरै नेताले आश्वासन दिए गए तर आजसम्म पनि हामी लालपुर्जा आउने आशमा बसिरहेका छौ” स्थानीय पार्वती बस्नेतले गुनासो गरिन। “लालपुर्जा आउँछ आउँछ भन्दा भन्दै जीवन सकिन लाग्यो तर आएन,” टिकाराम आचार्यले दुखेसो पोखे। “जग्गा त छ तर लालपुर्जा नभएर बैंकिङ वा अन्य कुनै काम गर्नै पाइदैन जग्गा भएर मात्र के गर्नु”,धन बहादुर बि.क. को पीडा पनि उस्तै छ। “हामिलाई नेताहरूले सधै कठपुतली बनाए के हामी यिनिहरुका दासी हौ र? हामी नेताहरूको भोट ब्यांक हौ र?अब यसपाली भोट नहाल्ने निर्णयमा पुगेका छौँ”,बिजुला दाहालले आक्रोश व्यक्त गरिन। “यसपाली पुर्जा आउँछ आउँछ भाथ्यो तर नेताहरुको सत्ता भागबण्डाले त्यही पनि खोसियो अब आउँछ भन्याछन बिश्वास त छैन हेरौ के हुन्छ” गणेश कार्कीले चिन्ता व्यक्त गरे।

यसपालि आउदै गरेको स्थानीय तहको निर्वाचनमा कसैले पनि भोट नहाल्ने भन्दै स्वतस्फूर्तरुपमा सडकमा निस्किएका स्थानीयले वडाका टोलटोलमा र्‍याली गरी वडा कार्यालयमा पुगेर सम्पन्न गरेका थिए।

लालपुर्जाको लागि लगत संकलन लगाएतका काम सकिइसकेको थियो तर नेताहरुको राजनैतिक पुर्वाग्रहीका कारण पुर्जा आउन नसकेको वडाध्यक्ष नारायण पन्तले आरोप लगाए।

“हामिले गरेका कामहरुमा नगरपालिकाले बेवास्ता गर्दा आज जनता सडकमा उत्रन बाध्य भएका हुन यस अभियानमा मेरो पनि एक्यवद्धता छ ।” पन्तले बताए।

स्थानीय युवाहरुको सकृयतामा कार्यक्रम भएको हो।
पुर्जा नपाएसम्म भोट नहाल्ने भन्दै वडाबाट शुरु भएको शान्तिपुर्ण आन्दोलनलाई आवश्यक परे प्रदेश हुँदै केन्द्र सम्म लैजाने अभियन्ता रन्जित रानाले जानकारी गराए।

कावासोती १ मा हरेक निर्वाचनको समयमा झुटा आश्वासन बाड्न नेता आउने तर काम नगर्ने भएपछी यसपाली चुनाब प्रचार प्रसारमै रोक लगाउने अर्का अभियन्ता अन्जित तिमिल्सिनाको भनाइ रहेको छ।

प्रकाशित : २०७८ चैत २२ गते २०:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI