कावासोतीको नगरप्रमुखमा कांग्रेसबाट २२ जनाको दाबी

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २३ गते ११:०३
कावासोतीको नगरप्रमुखमा कांग्रेसबाट २२ जनाको दाबी

कावासोती । यहि वैशाख ३० गते हुने भनिएको स्थानिय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने लहर बढिरहेको छ ।

जिल्ला सदरमुकाम समेत रहेको कावासोती नगरपालिकाको नगर प्रमुख पदमा नेपाली कांग्रेसबाट २२ जनाले आफ्नो दाबी पेश गरेका छ्न ।

बुधबार नेपाली कांग्रेस कावासोतीले आयोजना गरेको उम्मेदवारी स्वघोषणा कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरे , जिल्ला सचिव महेन्द्र पोख्रेल सहितका नेताहरुले कावासोतीको नगरप्रमुख पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन

त्यसै गरि उप प्रमुख पदमा भने ४ जनाको मात्रै दाबी परेको कांग्रेस कावासोतीले जनाएको छ ।

पाँच दलिय गठबन्धन हुने तय भए सँगै कावासोतीको प्रमुख पदमा आकांक्षीको संख्या बढेको एक जना कांग्रेस नेताले बताए । कति पयले आफू निकटका व्यक्तिलाई समर्थन गरेर छोडनका लागि पनि उम्मेदवारी घोषणा गरेको हुन सक्ने उनले बताए । गठबन्धन हुने भए पछि उप मेयरमा भने आकांक्षीको संख्या कम देखिएको हो ।

नगरप्रमुख र उपप्रमुख पदमा दाबी गर्नेको नामावली

प्रकाशित : २०७८ चैत २३ गते ११:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI