कावासोती-१० मा नेपाली कांग्रेसको पार्टी कार्यालय स्थापना

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २३ गते १८:३१
कावासोती-१० मा नेपाली कांग्रेसको पार्टी कार्यालय स्थापना

कावासोती । नेपाली कांग्रेस कावासोती-१० ले पार्टी कार्यालयको स्थापना गरेको छ । बुधबार एक समारोहका बिच कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले कार्यालयको उदघाटन गरेका हुन

वडा सभापति चुरामणी महतोको सभापतित्वमा सम्पन्न पार्टी कार्यालय उदघाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कांग्रेस नवलपुरका सचिब महेन्द्र पोख्रेलले कावासोतीको विकासको लागी अबको निर्वाचनमा कांग्रेसले जित्नुको विकल्प नभएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले भने  “एमालेलाई जनताले विश्वास गरेर गत स्थानिय निर्वाचनमा नगरको जिम्मा दिए तर नगरबासीको समस्या र दुख उस्तै छ,नगर भएर नगरको अनुभुति हुन सकेको छैन, अब समृद्ध नगरको लागि पनि कावासोतिमा कांग्रेसको विकल्प छैन ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले कावासोतीका सुकुम्बासीको समस्या समाधान गर्न वर्तमान नगरको नेतृत्व असफल भएको बताउदै कांग्रेसले नेतृत्व गर्ने अवसर पाए सुकुम्बासी र मध्यवर्तीको दुखबाट नगरबासीलाई निकाल्न सकिने बताए ।

वडा उपसभापति गणेश अर्यालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा कांग्रेस प्रदेश प्रतिनिधि गिरिराज ढकाल, क्षेत्रीय सदस्य नन्दकुमारी गुरौ लगाएतकाले आफ्ना भनाई राखेका थिए भने कार्यक्रमको सहजीकरण कांग्रेस वडा सचिब विक्रम ढकालले गरेका थिए ।

प्रकाशित : २०७८ चैत २३ गते १८:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI