यी हुन कावासोतीमा नगर प्रमुख तथा उपप्रमुखमा माओवादी केन्द्रबाट आकांक्षीहरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २५ गते ७:२३
यी हुन कावासोतीमा नगर प्रमुख तथा उपप्रमुखमा माओवादी केन्द्रबाट आकांक्षीहरु

कावासोती । नवलपुरको कावासोतीमा स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रमा नगर प्रमुख तथा  उपप्रमुखका लागि ८ जना आकांक्षी देखिएका छन् ।

कावासोती नगरपालिकामा नेपाली काँग्रेस लगायतका सत्ता गठबन्धनसँग तालमेल गरेर निर्वाचनमा जाने भएपछि नेकपा माओवादी केन्द्रमा पनि आफ्नो भागमा पाउने पदका लागि पार्टी भित्र आकांक्षीहरु धेरै देखिएका छन् ।

माओवादी केन्द्रबाट नवलपुरको कावासोतीमा नगर प्रमुखमा चेतनाथ पोख्रेल, डासीराम बस्याल, सिर्जना गैरे, बलराम ढकालको नाम चर्चामा रहेको छ ।  यस अघिको स्थानीय तहको निर्वाचनमा डासीराम बस्याल माओवादी केन्द्रबाट नगर प्रमुखमा उमेदवार भएका थिए । उनले यस अघिको निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए । त्यसैगरी उपप्रमुखमा रमिला भुजेल, सरला पोख्रेल, सरला खनाल, पतिराम थनेत र खड्ग नारायणा महताे आकांक्षी देखिएका छन् । रमिला भुजेल यस अघिको निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रबाट उपमेयरमा उमेदवार भएका थिए ।

माओवादी केन्द्रले कावासोतीमा कावासोती १६ मा जित हात पारेको थियो भने कावासोती १४ मा सम्मानजनक मत प्राप्त गरेको थियो ।

प्रकाशित : २०७८ चैत २५ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI