नवलपुरमा गठबन्धनले तत्काल उम्मेदवारी घोषणा नगर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २७ गते १९:१०
नवलपुरमा गठबन्धनले तत्काल उम्मेदवारी घोषणा नगर्ने

नवलपुर । नवलपुरमा पाँच दलिय गठबन्धनले तत्काल उम्मेदवारी घोषणाँ नगर्ने भएका छन । आईतबार कावासोतीमा बसेको पाँच दलिय गठबन्धनको जिल्ला स्तरिय बैठकले दलहरुले उम्मेदवारको आन्तरिक तयारीगरे पनि उम्मेदवारको विषयमा तत्काल निर्णय र घोषण नगर्ने निर्णय गरेको हो ।

कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको अध्यक्षतामा बसेको बैठकले गठबन्धनलाई वडा तह सम्म सक्रिय बनाउनका लागी चैत २९ गते भित्र वडा तह सम्म गठबन्धनको बैठक बसि वडा स्तरको वडा स्तरको सहकार्यको आधार र खाका, गठबन्धनका दलहरु र विपक्षीदलको अवस्था विश्लेषण गरि पालिका स्तरिय संयन्त्रलाई बुझाउन गठबन्धनका वडा स्तरका सांगठनिक संरचनालाई परिपत्र गर्ने निर्णय गरेको हो । त्यस्तै पालिकाहरुको प्रमुख र उपप्रमुखको हकमा पालिका स्तरिय संयन्त्रले आवश्यक निर्णय गरेर जिल्ला संयन्त्रलाई सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गठबन्धनमा आबद्ध दलहरुले कार्यकताहरुलाई गठबन्धन विरुद्ध अभिव्यक्ति नदिन र गठबन्धन बाहेकका दलहरु सँग सहकार्य नगर्न कार्यकर्ताहरुलाई निर्देशन दिनेसमेत निर्णय गरेको हो ।

बैठकमा कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसी, नेकपा माओवादी केन्द्र नवलपुरका संयोजक धनप्रसाद सापकोटा , एकीकृत समाजवादी नवलपुरका अध्यक्ष शालिकराम भट्टराई, जसपा नवलपुरका अध्यक्ष धनबहादुर गुरुङ र राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डेको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ चैत २७ गते १९:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI