नारायणगढबाट कावासोती जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २८ गते ७:४२
नारायणगढबाट कावासोती जाँदै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते

पूर्वी नवलपरासी — नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको यात्रुबाहक बस आइतबार राति खरकट्टा जङलमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३२ जना सवार रहेको बसका २१ यात्रु घाइते भएका हुन् । दुर्घटनामा परेका अधिकांश यात्रु कावासोती र डण्डाका छन् । उनीहरुको कावासोतीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको प्रहरीले जान्कारी दिएको छ ।

प्रकाशित : २०७८ चैत २८ गते ७:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI