‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत २८ गते ८:२३
‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता

काठमाडौं । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा हुँदाहुँदै अल्पमतमा परेका नेताहरूबाटै शासन सत्ता सञ्चालन हुँदै आएका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीको मुख्य समस्या भनेको प्राविधिक बहुमतका आधारमा अल्पमतले शासन गर्नु हो । यो व्यवस्था सुधार्न प्रत्यक्ष निर्वाचन प्रणालीमा कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै विजयी हुने प्रणाली नभएसम्म अल्पमतमा परेकाले नै शासन सत्ता सञ्चालन गरिरहने अवस्था देखिएको छ ।

२०७४ सालको निर्वाचनमा ४० प्रतिशत मत ल्याउने शेरबहादुर देउवा हाल प्रधानमन्त्री छन् । उनले पाएको मत हेर्दा उनी प्राविधिक मतले मात्रै विजयी भएका हुन् । डडेल्धुराका ६० प्रतिशत जनता विपक्षीमा रहे पनि देउवा अहिले मुलुकको शासन सत्ता सम्हालिरहेका छन् । उनले एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २८ हजार ४४ मत प्राप्त गरेका थिए । वामगठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेका माओवादीका नेता खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ५७ प्रतिशतभन्दा बढी मत ल्याएर एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ बाट बहुमतप्राप्त जनताको मत पाएका थिए । एमाले अध्यक्ष ओली ५७ प्रतिशत जनताको मत प्राप्त गरेर पनि अहिले प्रमुख प्रतिपक्षको हैसियतमा छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ चैत २८ गते ८:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI