स्याङ्जामा जीप दुर्घटना , ७ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ४ गते ११:४०
स्याङ्जामा जीप दुर्घटना , ७ जनाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिए ।

२ जनालाई उपचारका लागि पाेखरा रिफर गरिएकाे छ भने थप ४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकी, स्याङ्जामै उपचार भइरहेकाे छ ।

उनीहरूलाई पनि पाेखरा रिफर गर्ने तयारी भइरहेकाे प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित : २०७९ वैशाख ४ गते ११:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI