No ads found for this position

मनकामना हेल्थ केयर क्लिनिक अठ्ठाईस बिगाहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार ११ गते २१:२३
No ads found for this position
मनकामना हेल्थ केयर क्लिनिक अठ्ठाईस बिगाहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
No ads found for this position

प्रेम न्यौपाने , २०७९ असार ११

कावासोती । नवलपुरको कावासोती-३ अठ्ठाईस बिगाहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
मनकामना हेल्थ केयर क्लिनिक अठ्ठाईस बिगाहको आयोजनामा शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या रहेका २ सय ६८ जना विरामीहरुले सेवा लिएको मनकामना हेल्थ केयर क्लिनिकका प्रोप्राइटर ज्ञानेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

शिविरमा वरिष्ठ जनरल फिजिसियन डाक्टर शिवशंकर शाह, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रुपेश झा र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर एकता बरालले विरामीहरुको नि:शुल्क उपचार गर्नुभएको थियो भने शिविरमा स्वास्थ्य परीक्षण गर्ने विरामीहरुलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो।

शिविरमा ल्याब टेस्ट, भिडियो एक्सरे सेवा र ईसिजी सेवामा विशेष छुटका साथ सेवा प्रदान गरिएको क्लिनिकका प्रोप्राईटर न्यौपानेले जानकारी दिनुभयो ।
शिविरमा विशेष छुट सुबिधामा ५४ जना विरामीले ल्याव टेस्ट, २१ जनाले भिडियो एक्सरे र १४ जनाले ईसिजीको सेवा लिएको न्यौपानेले बताउँनुभयो ।

क्लिनिकले सामाजिक सेवा प्रतिको उत्तरदायित्व बहन गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको क्लिनिकका प्रोप्राईटर न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित : २०७९ असार ११ गते २१:२३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI