स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला सम्पर्क कार्यालयमा लगाए ताला

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार २७ गते १३:३८
स्वास्थ्य बिमा दर्ता सहयोगीले जिल्ला सम्पर्क कार्यालयमा लगाए ताला

कावासोती । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न ।

सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा दर्ता समुहको टोलिले जिल्ला प्रमुख जायसोर भुसाललाई ज्ञापनपत्र बुझाए लगतै कार्यालयमा तालाबन्दी गरेका हुन ।

बिमा दर्ता सहयोगीहरुले गत २०७८ देखिको पारिश्रमिक नपाएको, बिमितहरुलाई स्वास्थ्य सेवा प्रादयाक संस्थाहरुले सम्मान जनक व्यवहार नगर्ने गरेको, बिमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रिय बिमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको , स्वास्थ्य सेवा प्रादायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको भन्दै जिल्ला सम्पर्क कार्यालयमा तालबन्दी गरेका हुन ।

स्वास्थ्य बीमा दर्ता सहयोगीले २०७८ भाद्र चक्रको कमिसन आजको मितिले ३ दिनभित्र , २०७९ जेठ चक्रको कमिसन ७ दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र जुनसुकै हालतमा आफ्नो पारिश्रमिक पाउनुपर्ने माग समेत राखेका छ्न ।

नवलपुर जिल्लामा २०७७ साल फागुन ०९ गते बाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा करीब १ लाख जनसंख्या आबद्ध भैसकेका छ्न ।

विज्ञप्ति

प्रकाशित : २०७९ असार २७ गते १३:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI