पुराना र स्थापित भनिएका दलहरुसँग कुनै एजेन्डानै छैन : लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७९ साउन २६ गते १८:२१
पुराना र स्थापित भनिएका दलहरुसँग कुनै एजेन्डानै छैन : लामिछाने

राजु चापागाईं/नवलपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपालका पुराना र स्थापित भनिएका दलहरु सँग जनताको बिचमा लिएर जाने कुनै स्पष्ट एजेन्डा नभएको बताएका छ्न । बिहिबार नवलपुरको कावासोतीमा जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले पुराना र स्थापित दलहरुले लगातार तीन वटा निर्वाचनमा जनतालाई आश्वासन मात्रै दिएको र अब दलहरु सँग आश्वासन पनि सकिएको हुँदा अबको निर्वाचनमा उनीहरुले आश्वासन समेत दिन नसक्ने बताए । “स्थापित भनिएका दलहरुले अब गर्न दिएनन या गर्न पाईएन भन्लान, यसो गर्छु उसो गर्छु भन्लान तर तपाईहरु नझुक्किनु होला म यहि अनुरोध गर्न चाहन्छु” लामिछानेले बताए ।

कार्यक्रममा आफ्नो दलले विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरु सँगको छ्लफलमा देशलाई कसरी अगाडि बढाउने र अबको बाटो कस्तो हुने भन्ने विषयमा घनिभुत छलफल चलाईरहेको र अबको निर्वाचनमा स्पष्ट खाका सहित जनता माझ जाने लामिछानेले बताए ।

स्थापित भनिएका दलहरुले जनाधार खस्किदा पनि सत्तामै पुग्नका लागी गठबन्धन बनाएको बताउदै उनले सत्तामा जाने र जनताको हितमा काम नगर्ने प्रवृती रोक्नका लागि पनि आफुहरुले निर्वाचनमा भाग लिन लागेको र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अबको निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई जनताले निर्धक्क सँग भोट हाल्न सक्ने दाबी गरे ।

 

 

 

प्रकाशित : २०७९ साउन २६ गते १८:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI