नवलपुर प्रहरीको चाडपर्व सुरक्षा योजना : चेकजाँचमा कडाई, सादा पोशाकमा प्रहरी परिचालन

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज ४ गते १७:१४
नवलपुर प्रहरीको चाडपर्व सुरक्षा योजना : चेकजाँचमा कडाई, सादा पोशाकमा प्रहरी परिचालन

कावासोती । पुर्वी नवलपरासीमा चाडपर्वको मौका छोपी हुन सक्ने सम्भावित अपराधजन्य घटनाहरुको नियन्त्रण लागि सुरक्षा चेकजाँचलाई कडा पार्न लागिएको छ ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले नजिकिदै गरेको दशैं तिहार लगाएतका चाडपर्वको
बेला हुन सक्ने अपराधीक गतिविधि नियन्त्रणका लागि सुरक्षा चेक जांचलाई कडा गर्दै सादा पोशाकमा समेत प्रहरी परिचालन गर्ने गरि तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनु भयो ।

प्रहरीले नियमित रुपमा जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउन काम गरिरहेको र यसलाई निरन्तरता दिदैँ चेकजाँचको कार्यलाई प्रभावकारी बनाउदै प्रहरीको गस्तिलाई समेत थप बढाउने प्रवक्ता पाठकले बताउनु भयो ।

सादा पोशाकमा प्रहरी खटाएर सूचनाहरु संकलन गर्ने , विगतका घटनाको ट्रेन्डलाई अध्ययन गरि अपराधिक घटना हुन सक्ने सम्भावित क्षेत्रमा निगरानी बढाउने काम गरिने, प्रहरीको पहूँच कम भएका क्षेत्रहरुमा निगरानीका लागि प्रहरी परिचालन समेत गरिने प्रवक्ता पाठकले बताउनु भयो ।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्त राख्न , जुवातास रोक्न, नदिजन्य पदार्थको चोरी निकासी नियन्त्रण जस्ता काममा प्रहरी निरन्तर लागि रहेको बताउदै पाठकले चाडपर्वका समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जाने जस्ता कारणले चोरीका घटना हुने गरेका बताउदै चाडपर्वको समयमा चोरी लगाएतका अपराधीक घटना हुन नदिने गरि तयारी गरिएको जानकारी दिनुभयो ।

 

प्रकाशित : २०७९ असोज ४ गते १७:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI