आयल निगम उच्च नाफामा, उपभोक्ता मारमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष २४ गते ८:१८
आयल निगम उच्च नाफामा, उपभोक्ता मारमा

कावासोती । नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन् ।

पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य छन् ।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रुपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । त्यसै गरी निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६६ पैसा र डिजेलमा ७ रुपैयाँ १८ पैसा नाफा छ ।

उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । ‘निगमले विगतको ऋण देखाएर अहिले सस्तोमा इन्धन खरिद गर्दा पनि महँगोमा बिक्री गरिरहेको छ,’ उनले भने, ‘तुरुन्त मूल्य घटाउनुपर्छ ।’

निगमलाई १५ दिनमा करिब ९९ करोड रुपैयाँ नाफा भएको छ । निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रकाशित : २०७९ पुष २४ गते ८:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI