गण्डकी प्रदेश सरकार अल्पमतमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ फागुन १४ गते ८:५२
गण्डकी प्रदेश सरकार अल्पमतमा

‘आइतबार राजीनामा दिन्छु,’ उनले भने, ‘हामी केन्द्रीय निर्णय अनुसार नै चल्ने भएकोले हाम्रो छुट्टै निर्णय हुँदैन । प्रदेश पनि केन्द्र जस्तै हो ।’ पुस २५ गते मुख्यमन्त्रीसँगै उनले पनि बिना विभागीय मन्त्रीको सपथ लिएका थिए । माघ १० मा उनले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीका रुपमा जिम्मेवारी पाए । राप्रपाको शनिबार बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

केन्द्रीय समीकरण हेर्दा नेकपा एमाले समेत सरकारबाट बाहिरिने संकेत छ । तर शनिबारको सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकार नछाड्ने निर्णय गरेको छ । २५ गतेसम्म राष्ट्रपतिका लागि मत जुटाउने र असफल भए सरकारबाट बाहिरिने तयारी एमालेको देखिन्छ । एमालेले सरकार नछाडेपनि राप्रपाले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ ।

संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले नेतृत्व गर्ने दल विभाजित भए वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि संसदमा प्रश्ताव राख्नुपर्ने उल्लेख छ । राप्रपाले समर्थन फिर्ता लिएसँगै अधिकारीसँग माओवादी समेतको ३० सिट छ । एकजना माओवादीबाटै सभामुख निर्वाचित भएका छन् ।

केन्द्रको समीकरण हेर्दा माओवादी समेत फरक गठबन्धनमा जुटेको छ । त्यसो हुँदा गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार ढलेर नयाँ सरकार बन्छ । ६० सदस्यीय प्रदेशसभामा २७ सिटसहित नेपाली कांग्रेस पहिलो दल छ भने दोश्रो दल नेकपा एमालेसँग २२, माओवादीसँग ८ र राप्रपासँग २ सिट छ । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

३२ सिटको सामान्य बहुमतबाट बनेको सरकारबाट एमाले र राप्रपा बाहिरिए पनि कांग्रेस र माओवादीको मात्रै सुविधाजनक बहुमत पुग्छ । गण्डकीमा अहिलेको सरकार ढले संविधानको धारा १६८ उपधारा (३) अनुसार कांग्रेस नेतृत्वमा सरकार बन्छ । उपधारा २ अनुसारको सरकारले विश्वास प्राप्त गर्न नसके संसदमा उपस्थित दलमध्ये सबैभन्दा ठूलो दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

मुख्यमन्त्री अधिकारीले भने केन्द्रको समीकरणले प्रदेशलाई असर नपर्ने बताएका छन् । ‘केन्द्रमा फरक दृष्य देखिएको छ । हेर्दै जाऔं यहाँ त्यस्तो नहोला,’ उनले भने, ‘संविधान र कानुन अनुसार चल्ने पार्टीलाई अरु प्रश्न गरिरहनु परेन ।’ गण्डकीमा कांग्रेसले सुरेन्द्रराज पाण्डेलाई दलको नेता चयन गरेको छ । कांग्रेसको २७ र माओवादीको ८ सिट हिसाब गर्दा ३५ सिट सत्तामा पुग्छ । एकीकृत समाजवादी समेत गठबन्धनमा रहने अवस्था छ । त्यसो हुँदा नयाँ अनुमान गरिएको गठबन्धनमा ३६ सिट हुन्छ ।

प्रकाशित : २०७९ फागुन १४ गते ८:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI