हुप्सेकोटमा आगामी आर्थिक वर्ष देखि आधारभूत तह सम्मको शिक्षा नि:शुल्क

NAWALPUR TIMES
प्रकाशित : २०८० असार ९ गते १७:४३
हुप्सेकोटमा आगामी आर्थिक वर्ष देखि आधारभूत तह सम्मको शिक्षा नि:शुल्क

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि आगामी आर्थिक वर्ष देखि आधारभूत तह सम्मको शिक्षा नि:शुल्क पाउने बालबालिकाको संवैधानिक अधिकारको व्यवस्थालाई व्यवहारिक रुपमा लागू गर्ने भएको छ ।

गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवि
पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष देखि आधारभूत तह सम्मको शिक्षा नि:शुल्क पाउने बालबालिकाको संवैधानिक अधिकारको व्यवस्थालाई व्यवहारिक रुपमा लागू गर्ने बताएकी हुन । साथै कक्षा ९ देखि क्रमश: निशुल्क शिक्षाको कार्यक्रमलाई अगाडी बढाईने भएको छ । निशुल्क शिक्षालाई व्यवहारिक रुपमा लागू गर्न स्वयंसेवक शिक्षकको व्यवस्थालाई निरन्तरता दिईने अध्यक्ष पाण्डेले बताईन ।

त्यसै गरि कक्षा ९ र कक्षा ११ मा अध्ययनरत विद्यार्थी लक्षित सीप मुलक शिक्षा कार्यक्रम लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँसभाले पास गरेको छ ।

प्रकाशित : २०८० असार ९ गते १७:४३

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI