गैंडाकोटमा स्वयंसेविकाहरुलाई नगद सहित सम्मान र बिदाई

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १४ गते १८:२९
गैंडाकोटमा स्वयंसेविकाहरुलाई नगद सहित सम्मान र बिदाई

कावासोती । गैँडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान सहित बिदाई गरेको छ ।

बिहीवार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले ४ जना उमेर पूरा भएका, एकजना जनप्रतिनिधिमा निर्वाचित र १ जनालाई मरणोपरान्त सम्मान गरेका हुन ।

स्वास्थ्य स्वयम्सेविका कार्यक्रम लागु भएको २०४७/४८ सालदेखि निरन्तर सेवारत उनीहरुलाई नगरपालिकाका तर्फबाट सेवा अवधिको आधारमा ५ जनालाई जनही १ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले जानकारी दिए ।

६० वर्ष उमेर भइ विदाइ भएको वडा नम्बर १७ की तारा सुवेदी, वडा नम्बर १२ की शुसिलादेवी सापकोटा, वडा नम्बर ५ की श्रीमाया तिवारी, वडा नम्बर १८ की लालमति आलेलाई १/१ लाख रुपैँया प्रोत्साहन राशी र सम्मान पत्रसहित विदाई गरिएको हो भने जनप्रतिनिधिमा निर्वाचित वडा नम्बर १७ की मानकुमारी सापकोटालाई सम्मान पत्र प्रदान गरिएको छ ।

अहिले नगरका १८ वटा वडामा ४१ सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका रहेका छन् ।

 

प्रकाशित : २०८० असार १४ गते १८:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI