सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन ३२ गते ९:२८
सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

‘राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ’, प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।’

उनले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । ‘सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गरिनेछ ।’

प्रकाशित : २०८० साउन ३२ गते ९:२८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI