गैंडाकोटमा आत्मदहको प्रयास

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १३ गते १८:४६
गैंडाकोटमा आत्मदहको प्रयास

कावासोती । गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेकी छिन् ।

बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट २ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षिया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

श्रीमानसँग सामन्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुक्कल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाईते भएको प्रहरीले जनाएको छ । उनको अनुहार लगायत शरीरको माथील्लो भाग जलेको प्रहरीले जनाएको छ । घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताए ।

 

प्रकाशित : २०८० भदौ १३ गते १८:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI