देउवालाई गाली गर्दैमा पार्टीमा रुपान्तरण हुँदैन : केन्द्रिय सदस्य महर

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ १७ गते १९:३९
देउवालाई गाली गर्दैमा पार्टीमा रुपान्तरण हुँदैन : केन्द्रिय सदस्य महर

कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले आउने महाधिवेशनमा सभापती लडदिन भनेर घोषणा गरेका शेरबहादुर देउवालाई गाली गर्दैमा पार्टी रुपान्तरण नहुने बताएका छ्न ।

नेपाली कांग्रेस हुप्सेकोटले आयोजना गरेको गाउँ सम्मेलनमा सहभागी हुन आएका केन्द्रिय सदस्य महरले अबको २ देखि ३ वर्षमा पार्टीको महाधिवेशन हुने र पार्टीको १५ औं महाधिवेशनमा सभापति नलडने घोषणा गरेका वर्तमान सभापति शेरबहादुर देउवालाई गाली गर्दैमा पार्टीमा रुपान्तरण नहुने बताएका हुन ।

‘अहिले कांग्रेसमा महाधिवेशन पछाडि पार्टी कस्तो बन्छ, नेता को बन्छ, उसले पार्टीलाई कहाँ लैजान्छ र पार्टीलाई जनता सँग जोडेर देशलाई कसरी समृद्धको बाटो मा अगाडी बढाउछ, यो विषयमा बहस भएको छैन, छोडने मान्छेलाई गाली गरेर अर्थ छैन’, महरले भने ।

कार्यक्रममा केन्द्रिय सदस्य महरले पटक पटक माननीय , पटक पटक केन्द्रिय सदस्य भएका छन त्यै पनि युवा भन्न छोड्का छैन्न भन्दै युवाको परिभाषालाई फराकिलो बनाएर हेर्ने बेला आएको बताए । ‘अहिले कांग्रेसमा युवा, युवा, युवा भन्ने ठूलो दबाब छ, उमेरले मात्रै युवा हो कि अवसर र विचारका आधारले युवा हो भन्ने प्रश्न आज हामी सँग पनि आईसकेको छ’, महरले भने ।

विपक्षीले लगाएका आरोपमा नबोल्ने, पार्टीका राम्रा कुरालाई जनता माझ नलैजान अनि नेतृत्वलाई मात्रै सन्जाल देखि मन्च सम्म गालि गर्ने प्रवृतिले कांग्रेसमा समस्या आएको केन्द्रिय सदस्य महरको भनाई थियो ।

प्रकाशित : २०८० भदौ १७ गते १९:३९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI