कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो (सूचनासहित)

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २० गते १०:३४
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सर्‍यो (सूचनासहित)
कावासोती  । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति सरेको छ । यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गतेलाई तय भएको हो । ग्रेडवृद्धि परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ । असोज ९ गते मङ्गलबार अनिवार्य अङ्ग्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूले जुनै विषयको परीक्षा दिन पाउने छन् ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी ( ००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरूमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । यो परीक्षा असोज १० गते बुधबार सञ्चालन हुनेछ ।
हेर्नुस् सूचना

2023 09 06 01 14 00 GRP 06Sep 01 1 1 page 0014 1693965761

 

प्रकाशित : २०८० भदौ २० गते १०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI