३७ औं युनाइटेड गोल्ड कप : उदघाटन खेलमा आयोजक विजयी

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २२ गते १८:५१
३७ औं युनाइटेड गोल्ड कप : उदघाटन खेलमा आयोजक विजयी

कावासोती । युनाईटेड युवा क्लब हुप्सेकोटद्वारा आयोजित ३७ औं युनाइटेड गोल्डकपको उदघाटन खेलमा आयोजक क्लब विजयी भएको छ ।

चोरमारा युवा क्लब चोरमारालाई आयोजक युनाईटेड युवा कलबले ३ का विरुद्ध ४ गोलले पराजित गरेको हो । सरस्वती मा.बी. गिरुवारिको खेल मैदानमा संचालन भएको प्रतियोगिताको उदघाटन हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिंह रानाले गरेका थिए ।

रानाले खेलाडीहरुमा खेल कौशल सङ्गै अनुशासनको आवश्यकता रहेको बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीको आयोजनामा शुुरु भएको युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करणमा २० टिम सहभागी रहेका छन ।

प्रतियोगिताको विजेताले दुुई लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले एक लाख ३५ हजार पाँच सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल किपर र अनुसासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।
भाद्र २३ गतेको खेल देवचुली नगरपालिका र द टाईगर युवा क्लब बेलुवा बिच हुने आयोजकले बताएको छ
निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।

प्रकाशित : २०८० भदौ २२ गते १८:५१

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI