युनाइटेड गोल्ड कप-आईतवार देखि सेमिफाइनलको खेल सुरु/ सबै टिममा राष्ट्रिय खेलाडी भित्रिए

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ६ गते १८:५८
युनाइटेड गोल्ड कप-आईतवार देखि सेमिफाइनलको खेल सुरु/ सबै टिममा राष्ट्रिय खेलाडी भित्रिए

 

६ असोेज, नवलपुर ।

हुप्सेकोटमा जारी  ३७ औं युनाइटेड गोल्ड कपमा असोज ७ गते आईतवार देखि सेमिफाइनलका खेल हुने भएका छन ।
२० टिम सहभागी गोल्डकपमा गोर्खा फोर्स सिसेनी,सेन्ट्रल कलेज २८ बिगाहा,नवज्योती युवा क्लब हसौरा र हरियाली युवा क्लब रजहर सेमिफाइनलमा प्रवेश गरेका हुन ।

क्वाटरफाईनल अन्तरगत भएको खेलमा देवचुली रेन्जर्सलाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै गोर्खा फोर्स सिसेनी सेमिफाइनलमा प्रबेश गरेको हो भने आयोजक युनाइटेड युवा क्लबलाई ४ का विरुद्ध ५ गोलले पराजित गर्दै सेन्ट्रल कलेज २८ बिगाहा सेमिफाइनल प्रबेश गरेको हो ।

त्यस्तै देवचुली नगरपालिकालाई ३ का विरुद्ध ५ गोलले पराजित गर्दै नवज्योति युवा क्लब हसौरा सेमिफाइनल प्रबेश गरेको छ । भैरव स्पोर्ट्स गोपिगन्जलाई सुन्यका बिरुद्ध १ गोलले पराजित गर्दै हरियाली युवा क्लब रजहरले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।


सेमिफाइनल अन्तरगतका खेलहरु असोज ७ गते देखि संचालन हुनेछन ।
सेन्ट्रल कलेज २८ बिगाहा र गोर्खा फोर्स पहिलो खेलमा फाईनल प्रबेशका लागि मैदानमा आमनेसामने हुनेछन भने असोज ८ गते हुने दोश्रो खेलमा नवज्योती युवा क्लब र हरियाली युवा क्लब फाईनल यात्राका लागि प्रतिस्पर्धा गर्नेछन ।

सेमिफाइनलमा पुगेका सबै टिमले क्वाटरफाइनल देखि नै राष्ट्रिय खेलाडीहरुलाई आफ्नो टिममा भित्राएका थिए ।

प्रतियोगिताको विजेताले दुुई लाख २५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले एक लाख ३५ हजार पाँच सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पार्नेछन । उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ ।

निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ । युनाइटेड युवा क्लबद्वारा आयोजित प्रतियोगिताको समापन भब्य समारोहका बिच सरस्वती मा.बि. गिरुवारीको खेल मैदानमा असोज ११ गते हुनेछ ।

प्रकाशित : २०८० असोज ६ गते १८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI