माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज ८ गते १५:४८
माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू-१९ फुटबलको सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई ४–१ ले पाखा लगाउँदै नेपाल साफ यु–१९ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’ को उपविजेता बनेको हो । पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो । दशरथ रंगशालामा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए । नेपालको जितमा समिर तामाङले दुई तथा प्रशान्त लक्षम र निराजन धामीले एक एक गोल गरे । माल्दिभ्सको लागि अदाम लयान रासिदले गोल गरेका हुन् ।

हारसँगै माल्दिभ्स समूहबाटै घर फर्किएको छ । पहिलो खेलमा नेपाललाई १–० ले हराएको पाकिस्तान दोस्रो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । पाकिस्तान यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो ।

दुवै टिमका खेलाडी १० खेलाडीमा सिमित

नेपालले पहिलो गोल गरेपछि माल्दिभ्सले बल चलाए लगत्तै नेपालका राइट विंगर सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसन लड्न पुगे । अगाडि बढेका हसनलाई सुजनले कुमले धकेलेका थिए । त्यसपछि लडेका हसन सुजनप्रति आक्रामक भए । त्यसपछि रेफ्रीले असिस्टेन्ट रेफ्रीहरुसँग सल्लाह गरेर दुवै खेलाडीलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । रातो कार्ड पाएपछि सुजन रुँदै मैदानबाट बाहिरिएका थिए ।

प्रकाशित : २०८० असोज ८ गते १५:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI