नेपालको कीर्तिमानी जीत, विशाल लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमै ‘अलआउट’

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १० गते ९:५२
नेपालको कीर्तिमानी जीत, विशाल लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमै ‘अलआउट’

चीनमा जारी १९औँ एसियालीको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।

काठमाडौं । चीनमा जारी १९औँ एसियालीको क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध २७३ रनको कीर्तिमानी जित निकालेको छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टिमले निकालेको यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीविरुद्ध सन् २०१९ मा २५७ रनको जित निकाल्दै यो कीर्तिमान बनाएको थियो ।

जेजियाङ प्राविधिक विश्वविद्यालयको खेल मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रनको योगफल खडा गरेको थियो । यो योगफल कुनै पनि राष्ट्रले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको योगफल पार गर्ने पहिलो र हालसम्मको एकमात्र टिम बनेको छ । जितका लागि ३१५ रनको लक्ष्यसहित मैदान उत्रिएको मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाएर ४१ रनमात्र बनाउन सक्यो ।

प्रकाशित : २०८० असोज १० गते ९:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI