माधव नेपाल, झलनाथ सहितका नेता शनिबार नवलपुर आउदै

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज १८ गते १९:२९
माधव नेपाल, झलनाथ सहितका नेता शनिबार नवलपुर आउदै

कावासोती । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहितको टोलि शनिबार नवलपुर आईपुग्ने भएको छ ।

नेकपा एस ले सुरु गरेको पार्टीको मेचीमहाकाली जागरण अभियानका क्रममा अध्यक्ष नेपाल सहितको टोलि नवलपुर आउने बिहिबार नेकपा एस नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । जागरण अभियानको टोलीमा महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाक्री समेत आउने पत्रकार सम्मेलनमा बताईएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार असोज २० गते टोली चितवनबाट गैडाकोट हुँदै कावासोती आइपुग्ने छ । मेची महाकाली जागरण अभियानको टोलीले शनिबार कावासोतीमा सम्बोधन गर्ने र त्यसपछि पश्चिम नवलपरासी हुँदै शनिबार नै रुपन्देही पुग्ने बताइएको छ ।

प्रकाशित : २०८० असोज १८ गते १९:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI