एनसेल किन बेचको आधिकारिक जानकारी सरकारलाई छैन : अर्थमन्त्री महत

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर १९ गते १३:०६
एनसेल किन बेचको आधिकारिक जानकारी सरकारलाई छैन : अर्थमन्त्री महत

कावासोती ।अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका छ्न ।

मंगलबार नवलपुरको कावासोतीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा सन्चारकर्मीको जिज्ञासामा उनले एनसेलको सेयर बिक्रीका विषयमा अहिलेसम्म सरकारलाई जानकारी नभएको बताएका हुन । “हामी सूचना लिइरहेका छौँ । यसको नियमन गर्ने निकाय नेपाल टेलिकम हो, यो ठूलो किनबेच गर्दा अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।”,उनले भने , “टेलिकमबाट आधिकारिक जानकारी आएपछी कानुनी व्यवस्थाको आधारमा यसको गहिराईमा गएर विश्लेषण गरेर सरकार निष्कर्षमा पुग्छ ।”

सन्चारकर्मीलेराखेको जिज्ञासामा अर्थमन्त्री महतले अर्थतन्त्रले लय समात्न सुरु गरेको बताए । अर्थतन्त्र सुधारका निम्ति धेरै नीतिगत निर्णय गरिएको उनले उल्लेख गरे । लगानीले प्रतिफल दिन समय लाग्दा अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।

सहज रूपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गामा, सेयरबजार र क्रिप्टोमा पनि भित्री रूपमा गएको जनाउँदै उनले त्यसको प्रतिफल आउन ढिला भएको बताए । उनले भने, “घरजग्गाको कारोबारमा सुधार हुन लागेको छ ।”

ऋण लिएर सही ठाउँमा लगानी गर्दा पनि परिणाम पाउन नसकेकाहरूको हकमा ब्याज, समय थपलगायत विषयमा सरकारले राहतका निम्ति कोसिस गरिरहेको उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै अर्थमन्त्री महतले नारायणघाट बुटवल सडक समयमै सम्पन्न हुन नसक्नुमा ठेकेदार दोषी रहेको बताए । उनले सरकारले सडकका लागि आवश्यक बजेट व्यवस्था गरेको भए पनि निर्माण कम्पनी यसमा गम्भीर नभएको बताए । सरकारले सडकको दातृ निकाय, सडक विभाग, र निर्माण कम्पनी सँग समन्वय गरिरहेको बताउदै थप गरिएको समयमा काम सप्पन्न सरकार प्राविधिक सहयोगको लागि तयार रहेको बताए ।

अर्थमन्त्री महतले नवलपुरमा बन्न लागेको नमूना सदरमुकामको योजनालाई बहुवर्षिय योजनामा लैजाने बताए । चालू वर्ष २० करोड बजेट विनियोजन भएको र यसले आवश्यक भवनहरु बनाउन शहरी विकास मन्त्रालय भनेको र काम सुरु भए पछि मास्टर पलान अनुसार सदरमुकाम निर्माण गर्न आयोजनालाई बहुवर्षिय योजनामा रुपान्तरण गर्ने उनको भनाई थियो ।

प्रकाशित : २०८० मंसिर १९ गते १३:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI