बलेरोले ठक्कर दिँदा एउटै विद्यालयका शिक्षक र लेखापालको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर २४ गते ८:०८
बलेरोले ठक्कर दिँदा एउटै विद्यालयका शिक्षक र लेखापालको मृत्यु

कावासोती । चितवनको माडीमा बलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालक सहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक माडी नगरपालिका वडा नं. १ घर भएका ३४ वर्षका सूर्य अधिकारी मोटरसाइकलमा सवार सुर्खेतको सिन्ता गाउँपालिका ३ का ३४ बर्षकै बेग खत्री रहेको प्रहरीले जनाएको छ। मृतक अधिकारी सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल हुन् भने खत्री सोहि बिद्यालयका शिक्षक हुन् ।

माडी नगरपालिका वडा नं. १ बरुवा पोलमा लु २ च २५०८ नम्बरको बलेरोको ठक्करबाट बा.प्र.६-००१ प्र ४०९३ नम्बरको मोटरसाइकललाई शनिवार साँझ सवा सात बजे ठक्करदिदा सो दुर्घटना भएको हो । चालक दुर्घटना पश्चात बलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित : २०८० मंसिर २४ गते ८:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI