निकुञ्जबाट निस्किएका गैँडा स्थानीयका लागि समस्या बन्दै, जनतासँगै गैँडाको सुरक्षामा चुनौती

NAWALPUR TIMES
प्रकाशित : २०८० पुष १९ गते १९:५०
निकुञ्जबाट निस्किएका गैँडा स्थानीयका लागि समस्या बन्दै, जनतासँगै गैँडाको सुरक्षामा चुनौती

सन्जय भट्टराई, कावासोती । चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका एक सिङ्गे गैँडाको आक्रमणबाट पछिल्लो एक महिना यता नवलपुरको मध्यवर्ती क्षेत्र सँग जोडिएको कावासोती र देवचुलीमा ४ जना घाईते भएका छ्न ।

सामुदायिक वनमा घाँस दाउरा गर्न जाने, सामुदायिक वनको बाटो भएर हिडने तथा आफ्नै खेतबारीमा काम गर्ने क्रममा स्थानीय हरुलाई गैँडाले आक्रमण गरेर घाईते बनाउने क्रम बढे सँगै निकुञ्जको मध्यवर्ती क्षेत्र सँग जोडिएका बस्तिमा गैँडा र मानव बिच द्वन्द बढदै जान लागेको हो ।

गत मंसिर १९ गते जिल्लाको देवचुली-१० र कावासोती-१ को सिमानमा रहेको लोकाहा खोला नजिकै बाटो हिडने क्रममा गैँडाको आक्रमणमा परेर कावासोती-६ कि ५० वर्षीया भुलमाया वि.क र चितवनको भुवन बस्ती बस्ने निवासी ५० वर्षीय छमबहादुर सारु घाइते भए । गएको पुस ४ गते कावासोती-१ लोकाहाको स्यालीमा आफ्नै घर पछाडीको बारीमा काम गरिरहेका ४० वर्षीय पुष्प परियार र पुस १९ गते बिहिबार (आज) कावासोती-८ को मनकामना सामुदायिक वनमा दाउरा खोज्न गएका गएका कावासोती-८ का पतिराम महतो घाइते भएका छ्न ।

निकुञ्जबाट निस्किएका गैँडाको आक्रमणबाट स्थानीयहरु घाईते हुने क्रम नघटे पछि यस क्षेत्रका स्थानीयहरुमा त्रासको अवस्था सृजना भएको छ । बिहानीको समयमा कक्षा ११ १२ र स्नातक तह पढन जाने छोराछोरी घर न आउदा सम्म मन डराउने गरेको कावासोती-१ का सागर श्रेष्ठले बताए । “बिहानैको झिसमिसेमा छोराछोरी पढन जान्छ्न, गैँडा घर पछाडिनै आउने गर्छ, छोराछोरी घर न आउदा सम्म मन डराउछ”, श्रेष्ठले भने ।

पुजापाठका लागि सालको पात टिप्न जाने देखि लिएर देवचुलीको महाराजा सामुदायिक वनको बाटो भएर आवतजावत गर्ने स्थानीय, वनका हेरालु, दैनिक घाँस दाउरा गर्ने स्थानीयहरु गैँडाको आक्रमणमा पर्न लागे पछि दिउँसो पनि डराउनु पर्ने अवस्था रहेको देवचुली-१० का दिपक न्यौपाने बताउछ्न । “आलु, गहुँ खेति नष्ट मात्रै होइन, मान्छेको जिउधनकै सुरक्षा गर्ने अवस्था छैन, विद्यालय जाने, वनको बाटो भएर हिडने मात्रै होईन आफ्नै खेतबारीमा दिउसै काम गर्न डराउने अवस्था छ”, न्यौपानेले भने ।

निकुञ्जबाट आएको गैँडाको कारण स्थानीयले पाएको सास्तीको विषयमा पटक पटक डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको प्रशासनसँग कुरा गर्दा पनि सुनुवाइ नभएको देवचुली-१० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती मगरले गुनासो गरे । “जनता त्रसित छ्न, डिभिजन वन, निकुञ्ज सबौ सँग कुरा गरेको छु, सुनुवाइ हुदैन, वन्यजन्तु जोगाउने मात्रै कुरा छ जनताको जिउधनको सुरक्षाको विषयमा उहाँहरुलाई चिन्तानै छैन”, मगरले भने ।

नवलपुरको मध्यवर्ती सँग जोडिएका कावासोति र देवचुलीका क्षेत्रमा गैँडाले दुख दिएको विषयमा निकुञ्ज गम्भीर रहेको बताउदैँ निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले गैँडा स्थानान्तरण गरेर निकुञ्ज फर्काउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग बाटनै अनुमती आउनु पर्ने बताए । यो क्षेत्रमा एउटा व्यस्क र एउटा बूढो गैँडाले दुख दिदै आएको निकुञ्ज जानकारीमा रहेको बताउदै तिवारीले बूढो गैँडालाई स्थानान्तरण गर्न प्रक्रिया अगाडि बढाईएको भए पनि अर्को व्यस्क गैँडाको विषयमा छ्लफल मात्रै भएको स्विकार गरे । “गैँडा स्थानान्तरण निकुञ्जले चाहेर मात्रै हुदैन, विभागले प्रक्रिया अगाडि बढाउन पर्छ, बूढो गैँडा निकुञ्ज फर्काउने विषयमा विभाग सँग समन्वय भएको छ”, उनले भने, “व्यस्क गैंडालाई फर्काउने विषयमा छलफल भएको छ, तर उसको करिडोर, बासस्थान तथा प्राकृतिक अवस्था अध्ययन नगरी यसै भन्न सकिदैन ।”

मध्यवर्ती क्षेत्र बाहिरका वन क्षेत्र र बस्तीमा गैँडाले मानविय क्षती पुर्‍याउने गरेको विषयमा आफुहरु जानकार रहेको र निकुञ्ज सँग समन्वय गरिरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शिशिर लम्सालले बताए । गैँडाको सुरक्षा देखि लिएर स्थानान्तरणको विषयमा देवचुलीका जनप्रतिनिधि, निकुञ्ज प्रशासन र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना सँग आफुहरुले छलफल गरेक बताउदै लम्सालले प्राकृतिक रुपमा पनि कति पय अवस्थामा गैँडा स्थानान्तरण सहज नभएको बताउछ ।

देवचुली र कावासोतीको सिमानामा रहेको लोकाहा खोला हुँदै पुल मुनिबाट गैँडा पुर्व पश्चिम राजमार्गको उत्तरमा रहेको सामुदायिक वन क्षेत्रमा प्रवेश गर्ने गरेको लम्सालले बताए । “कावासोतीको अन्य भागमा मेस जाली लगाईएको भए पनि नारायणी नदि सँग जोडिएको लोकाहा खोला हुँदै गैँडा मध्यवर्ती बाहिर आउने गरेको छ, एक पटक स्थानान्तरण गर्न पाए खोलामा नै रोक्ने पहल गर्न सकिन्थ्यो तर स्थानान्तरण डिभिजन वन भन्दा बाहिर अर्थात राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको अधिकार क्षेत्रमा पर्छ”, उनले भने ।

निकुञ्जबाट निस्किएका गैँडा स्थानीयका लागी समस्या मात्रै बनेका छैनन, उनिहरुको सुरक्षाको विषय पनि गम्भीर हुने तर्फ सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छ्न ।

निकुञ्ज भित्र पर्याप्त चरिचरन नहुदा गैँडा बाहिर आउने गरेकोकाले मानव सँग उनिहरुको द्वन्द बढेको हो । यस्ले स्थानियलाई समस्यामा त पारेको छ गैँडाको सुरक्षामा समेत चिन्ता थपेको संरक्षणकर्मी डिबि चौधरीले बताए । “प्राय: हिउदको समयमा निकुञ्ज भित्र घाँस सुक्ने भएकाले चरिचरनका लागि बाहिर आउने गर्छ्न, त्यो बाहेक हिउँदको समयमा दक्षिण देखि उत्तर तर्फ गैँडा चरन र घाँसका लागि निस्क्ने उनिहरुको वंशाणुगत बानी हो, चौधरीले भने, “त्यति मात्रै होइन गैँडाले हिउँदको समयमा नारायणी पारिको चिसो भन्दा सालको जंगल रुचाउने गर्छ, अहिले गैँडा आईरहेको ठाउँ मानव बस्ती बस्नु पहिले देखिनै गैँडाको हिउँद मासको चरिचरन हो ।”

पुर्व पश्चिम राजमार्गको उत्तर भागमा मानव बस्ती बाक्लो भएकाले मान्छे सँगै गैँडाको सुरक्षामा समेत चुनौती थपिएकाले गैँडा सँगसँगै मान्छेको जिउधन जोगाउन सरोकारवालाहरु गम्भीर हुनु पर्ने चौधरी बताउछ्न ।

प्रकाशित : २०८० पुष १९ गते १९:५०

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI