रास्वपाको दबाब यात्रा मेलम्चीबाट सुरु हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०८० माघ २१ गते ९:५४
रास्वपाको दबाब यात्रा मेलम्चीबाट सुरु हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबाब यात्रा आजबाट सुरु हुँदैछ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा आजबाट सुरु हुन लागेको रास्वपाले जनाएको छ ।

रास्वपाले मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तरिकाले पानी पथान्तरण गर्ने सोच राखिएको र आयोथजना समयमा पूरा नभएको भन्दै दबाब यात्रा गर्न लागेको रास्वपाका सह प्रवक्ता मनिष झाले बजानकारी दिए ।

उनका अनुसार आज बिहान १० बजे मेलम्ची नगरपालिका–११ स्थित आयोजनाको कार्यालयबाट दबाब यात्रा सुरु हुनेछ । यात्राको नेतृत्व सोबिता गौतमले गर्नेछिन् । रास्वपाले पहिलो चरणको दबाब यात्रा आजबाट सुरु गर्ने र चैत २१ मा सकाउने छ । जस अन्तर्गत प्रत्येक प्रदेशका ३÷३ आयोजनामा दबाब दिनेछ

प्रकाशित : २०८० माघ २१ गते ९:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI