नवलपुरका मन्दिरका दानपेटिका चोरीमा संलग्न झ्याईंझ्याईं र कानठाडे पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ९ गते २०:३९
नवलपुरका मन्दिरका दानपेटिका चोरीमा संलग्न झ्याईंझ्याईं र कानठाडे पक्राउ

कावासोती । नवलपुरमा विगत २ महिना देखि मन्दिरहरुका दान पेटिका फोडेर चोरी गर्दै आएका २ जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गरेर नवलपुर प्रहरीले चोरीमा संलग्न २ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कावासोती–१० का ४३ वर्षीय झ्याईंझ्याईं भनिने व्यक्ति र कावासोती–८ का ४१ वर्षीय कानठाडे भनिने लक्ष्मण श्रेष्ठ रहेको नवलपुरका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक नरहरी रेग्मीले जानकारी दिए ।प्रहरीले उनीहरुको साथबाट दानपेटिका फुटाउन प्रयोग हुने औजार र नगदसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका झ्याई झ्याई भनिने व्यक्ति जिल्लामा साइकल चोरीमा कहलिएका चोर भएको र उनि यो सहित चोरी मुद्दामा चौधौं पटक पक्राउ परेका उपरीक्षक रेग्मीले बताए ।

लगातार मठमन्दिरमा चोरी भइरहेपछि विश्व हिन्दु महासघले लगातार मन्दिरहरु, मुर्तिहरुमा तोडफोड तथा दानपेटिकाबाट रकम चोरि गरेर सनातन हिन्दु धर्ममाथि प्रहार भएको भन्दै नियन्त्रणका लागि प्रशासनको ध्यानाकर्षण् गराएको थियो । तर चोर पक्राउ गरेपछि धार्मिक आस्थाका आधारमा चोरी र तोडफोड भने नभएको प्रहरीले स्पष्ट पारेको छ ।

प्रकाशित : २०८० फागुन ९ गते २०:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI