गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २२ गते १०:३७
गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

कावासोती । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर प्रदेशमा देखिन सुरु गरेको छ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त भएका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका छन् । दुई मन्त्रीलाई बर्खास्त गरेर उनले दुवै मन्त्रालय आफै मातहत राखेका छन् ।

केन्द्रमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको गठबन्धन तोडेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा नेपालसँगको नयाँ गठबन्धन बनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरु हटाएर हितमान तामाङ, डीपी अर्याल र पदम गिरीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित : २०८० फागुन २२ गते १०:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI