अटो दुर्घटनामा परेर एमाले नेता अर्यालको निधन

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ७ गते १६:५३
अटो दुर्घटनामा परेर एमाले नेता अर्यालको निधन

कावासोती । अटो दुर्घटनामा परेर नवलपुरमा एमाले नेताको निधन भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं ११ कोटथर गरगरे स्थित भित्री सडक खण्ड दमारबाट अरुणखोला तर्फ आँउदै गरेको ग.प्र.०४-००१ ह ००४ नम्वरको अटो चालकले नियन्त्रण गुमाउदा दुर्घटनामा परेर एमाले नवलपुरका जिल्ला कमिटी सदस्य भुपलाल अर्यालको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुर प्रहरीका अनुसार दुर्घटनामा मध्यविन्दु-१० की टिका देवी काफ्ले र तोयनाथ पोख्रेलको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

दुर्घटनामा मृत्यु भएका अर्याल नयाँ बेलहानी गाविसका पुर्व गाविस अध्यक्ष समेत हुन ।

प्रकाशित : २०८० चैत ७ गते १६:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI