गृहमन्त्रीको राजीनाम माग्दै कावासोतीमा नेविसंघको प्रदर्शन : ५ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत ८ गते १८:५९
गृहमन्त्रीको राजीनाम माग्दै कावासोतीमा नेविसंघको प्रदर्शन : ५ जना पक्राउ

कावासोती । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै कावासोतीमा नेविसंघले मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।

मसाल जुलुस सहित उपप्रधान तथा गृहमन्त्रीको राजिनामा माग्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर ५ जनालाई नियन्त्रणमा लिएको छ । नेविसंघका नेताहरु जितु खडका,हुमन पाण्डे, प्रज्वल , सुजल अधिकारी र रोहन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघ र प्रहरीबीच धकेला धकेल भएको हो। मसाल जुलुस प्रदर्शन गर्दै उनीहरुले सहकारी पिडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए।

नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ।

प्रकाशित : २०८० चैत ८ गते १८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI