एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ र होमनाथ जैसीको उम्मेदवारी

NAWALPUR TIMES
प्रकाशित : २०८० चैत २७ गते २०:२३
एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ र होमनाथ जैसीको उम्मेदवारी

कावासोती  । नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ र होमनाथ जैसीको उम्मेदवारी परेको छ ।

अहिलेका अध्यक्ष मुक्तिराम पाण्डेले भने उम्मेदवारी दर्ता गराएका छैन्न ।

संविधान सभा सदस्य समेत रहेका श्रेष्ठ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र जैसी स्थायी कमिटी सदस्य एवं गण्डकीका मुख्यमन्त्री खगराग अधिकारी निकट मानिन्छन् ।

यसै गरि सचिबमा भुपेन्द्र खनाल र भिम कंडेलको उम्मेदवारी परेको बताईएको छ ।

यस्तै उपाध्यक्षमा यमुनाथ आचार्य, रोशन थापा र भोजबहादुर चौधरीबीच प्रतिष्पर्धा हुने भएको छ ।

सचिवमा भीम कँडेल र भुपेन्द्र खनालबीच प्रतिष्पर्धा हुने भएको छ ।  उपसचिवमा पीएस समूहबाट कल्पना देवकोटाको मात्र उम्मेदवारी परेको छ । पुरुष उपसचिवका लागि भने षडानन्द लामिछाने, मदन गिरी र रिम बहादुर आले चुनावी प्रतिषपर्धामा छन् ।

विभिन्न पदाधिकारी र सदस्य पदमा ठुलो संख्यामा उम्मेदवारी परेकाले निर्वाचन समितिलाई अन्तिम नामावली प्रकाशन गर्न समय लाग्ने देखिएको छ ।

 

प्रकाशित : २०८० चैत २७ गते २०:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI