अलराउन्डर वरियतामा म्याक्सवेल भन्दा नेपालका दिपेन्द्र अगाडि

NAWALPUR TIMES
प्रकाशित : २०८१ वैशाख ५ गते १७:३४
अलराउन्डर वरियतामा म्याक्सवेल भन्दा नेपालका दिपेन्द्र अगाडि

कावासोती । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेललाई पछि पारेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले जारी गरेको टी-२० आईको अलराउन्डर वरियतामा दिपेन्द्रले म्याक्सवेललाई पछि पारेका हुन् ।

आइसीसीले जारी गरेको पछिल्लो वरियतामा दिपेन्द्र १४ स्थान माथि उक्लिएर ११ औं स्थानमा रहेका छन् । म्याक्सवेल भने एक स्थान तल खस्किएर २० औं स्थानमा छन् । जारी एसीसी प्रिमियर कपमा दिपेन्द्रको अलराउन्ड प्रदर्शन जारी रहेको छ । अलराउन्डर तर्फ नै नेपालका कुशल मल्ल पाँच स्थानमाथि उक्लिदै २८ औं स्थानमा छन् ।

रोहित पौडेल ६२ औं तथा गुलसन झा ६९ औं स्थानमा छन् । टी-२० आईको ब्याटिङ वरियतामा दिपेन्द्र १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फ नै कप्तान रोहितकुमार पौडेल ५४ औं तथा आसिफ शेख ७५ औं स्थानमा छन् ।

प्रकाशित : २०८१ वैशाख ५ गते १७:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI