संसदको अधिवेशन आजबाट, प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ४ गते ९:०९
संसदको अधिवेशन आजबाट, प्रतिनिधिसभाको अध्यक्षता उपसभामुखले गर्ने

काठमाडौं । संसदको पाँचौं अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संसदको पाँचौं अधिवेशन आजबाट सुरु हुन लागेको हो ।

शुक्रबार अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका छन् । रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता तुम्बाहाम्फेले गर्न लागेकी हुन् ।

बैठकको सुरुमा दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ । तिनिधिसभामा तुम्बाहाम्फे र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउने छन् ।

प्रकाशित : २०७६ पुष ४ गते ९:०९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI