राहत शिक्षकको नवलपुरमा अन्तरक्रिया सम्पन्न

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ५ गते १७:०२
राहत शिक्षकको नवलपुरमा अन्तरक्रिया सम्पन्न

विरेन्द्र पराजुली-नवलपुर
नेपाल राहत शिक्षक समिती नवलपुरको आयोजनामा राहत शिक्षकको स्थायी व्यवस्थापन तथा पेसागत हक सुनिश्चितताका लागि सरोकारवालाहरु सँग आज बृहत् अन्तरक्रिया कार्यक्रम कावासोतिमा सम्पन्न भएको छ। राहत शिक्षक समिती नवलपुरका अध्यक्ष पुरुषाेतम पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष बिक्रम झाले राहत शिक्षकले समग्र शिक्षाको गुणस्तर बढाउन पुर्याएको योगदानको सरकारले उच्च मुल्यांकन गर्नुपर्ने बताएका छन ।सरकारले प्रकृया पुर्याएर राहत शिक्षकको तत्काल मागहरु पूरा गर्नु पर्ने बताएका छन। आफुले राहत शिक्षकको मागको विषयमा सरकारको ध्यानाकर्षण गराउने र सरकारले तत्काल सुनुवाइ नगरे राहत शिक्षक सगै आफुपनी आन्दोलन गर्न तयार हुने बताएका छन ।त्यस्तै कार्यक्रमम महासंघका केन्द्रिय सदस्य नारायण अर्यालले सरकारले नियमावली परिबर्तन गरेर भए पनि राहत शिक्षकका माग पूरा गर्नु पर्ने बताएका छन।

कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष मोहन कलवार, जिल्ला सचिब कृष्णराज सिग्देल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष चुडामणि शर्मा नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचीव दिपक घिमिरे लगायतका शिक्षकका नेताहरु उपस्थिति रहेको कार्यक्रममा राहत शिक्षक को माग जायज रहेको र माग पूरा गराउनको लागि जस्तोसुकै अबस्थामा पनि आफुहरुको सहयोग रहने बताएका छ्न।उपस्थित राहत शिक्षक हरुले सरकारले आफ्नो माग लाई ध्यान नदिएको कारण आफुहरु अब वारपारको आन्दोलन को तयारी गरेको राहत शिक्षक नवलपुरका सचिब बिक्रम सिग्देलले बताए ।

प्रकाशित : २०७६ पुष ५ गते १७:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI