सबै जातजाति, संस्कृतिकाे संरक्षण सरकारले गर्छ : राज्यमन्त्री मानन्धर

NAWALPUR TIMES
प्रकाशित : २०७६ पुष ७ गते १६:३७
सबै जातजाति, संस्कृतिकाे संरक्षण सरकारले गर्छ : राज्यमन्त्री मानन्धर

सागर पाेखरेल
कावासेति, पुस ७
सबै जात जातिकाे कला धर्म र संस्कृतिकाे रक्षा सरकारले गर्ने सहरि विकास राज्यमन्त्री रामबिर मानन्धरले बताउनु भएकाे छ ।
राज्यमन्त्री मानन्धरले नेपाल अनेकतामा एकता र सबै जातजातिकाे साझा फुलबारी भएकाे ले नेपालकाे साझा सम्पतिनै जातिय पहिचान भएकाे बताउनु भएकाे छ । मध्यविन्दु नगरपालिका-११ मा नेवा: दय दबू नवलपुरकाे अायाेजनामा अाजदेखि अायाेजित मध्यविन्दु सांस्कृतिक तथा नेवा: खाना महाेत्सवकाे उद्धाटन गर्दै उक्त कुरा बताउनु भएकाे हाे ।
राज्यमन्त्री मानन्धर ले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनु सरकारकाे मात्र नभई सबै नेपालिहरुकाे जिम्मेवारी रहेकाे भन्दै नेपाल भ्रमण बर्षलाई सफल बनाउन सबै एक भएर लाग्नु पर्ने कुरामा समेत जाेड दिनुभयाे ।


उद्धाटन समाराेहमा प्रतिनिधि सभा सदस्य तिलक महत, गण्डकी सभा सदस्य, जनकलाल श्रेष्ठ, लक्ष्मि सुनार , संविधान सभा सदस्य द्वय जीवन श्रेष्ठ , कृष्ण पाैडेल , पुर्व सभासद सीता बाैडेल, पुर्व सांसद चन्द्रमणि खराल, नेवा: दय् दबुका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारिहरु, मध्यविन्दु उधाेग बाणिज्य सघका अध्यक्ष केदार घिमिरे लगायत अादिवासी जनजातिहरुका जातिय घटकका अध्यक्षहरुले कार्यक्रममा महाेत्सव सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।


महाेत्सव सुरुहुन अघि शाेभा यात्रा सहितकाे र्‍्‍यालीले आरुङखाेला बजार परिक्रमा गरेकाे थियाे । र्‍यालीमा विभिन्न जात जातिकाे भेषभुसा सहितकाे सहभागिता रहेको थियाे ।
महाेत्सवमा अारुङखाेलामा डुङ्गा सयर, बाल उधान, विभिन्न जातजातिकाे खानाका परिकार , मिस नेवा: प्रतियाेगिता, डान्स अाईडल, रहने छ भने महाेत्सवकाे दाेस्रो दिन विशेष अाकर्षणमा चर्चित लाेक दाेहाेरि गायक राजु परियार , चर्चित लाेक दाेहाेरि गायिका डिला वि क , मिस नेवा: प्रतियाेगिता, डान्स अाईडलकाे साथै डान्सर र स्थानिय कलाकारहरुकाे प्रस्तुति रहने मेला अायाेजक मुल समिति सयाेजक कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रकाशित : २०७६ पुष ७ गते १६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI