छैठौं नवलपुर महोत्सव आज देखि , अध्यक्ष राणाले उदघाटन गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ ९ गते ८:१४
छैठौं नवलपुर महोत्सव आज देखि , अध्यक्ष राणाले उदघाटन गर्ने

नवलपुरको कावासोतीमा आज देखि नवलपुर महोत्सब संचालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सब १० दिन सम्म चल्नेछ । महोत्सबको आज एक समारोहका बिच उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए । यसअघि जिल्ला सदरमुकाम कावासोतीको फलफुलचोक बाट बिहान ११ बजे शोभायात्रा निस्कने छ । शोभायात्राले नगर परिक्रमा गर्दै महोत्सब परिसर पुग्नेछ । माघ १९ गते सम्म संचालन हुने महोत्सब को यस पटकको नारा कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार रहेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिए ।

पोख्रेलले नवलपुरको पहिचानलाई देश बिदेश सम्म पुर्‍याउन महोत्सब सहयोगी हुने बिश्वास ब्यक्त गरे । उनले भने ,” नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न र नवलपुरका पर्यटकीय गन्तव्यलाई देशभरी प्रचार गर्नु महोत्सबको मुल उदेश्य हो । ” पोख्रेलले जिल्लाको आर्थिक समृद्धिमा टेवा पुर्‍याउनु पनि महोत्सबको उदेश्य भएको बताए ।

नवलपुर उद्योग वाणिज्य संघका महासचीब बैकुण्ठ प्रसाद अर्यालले स्थानिय रुपमा रहेका महत्वपूर्ण सम्पदा , पर्यटकीय गन्तव्य र उत्पादनको प्रचार प्रसार गर्नु महोत्सबको अर्को उदेश्य रहेको बताए । महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारी/समूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान, नवलपुरको धार्मिक तथा भौगोलिक क्षेत्र समेटिएको वृतचित्र प्रदर्शनी लगाएतका कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ ।

संघका बरिस्ठ उपाध्यक्ष पुष्प पाण्डेले महोत्सबमा तीन लाख दर्शकले अवलोकन गर्ने र अनुमानित ५ करोड कारोबार हुने लक्ष राखिएको बताए । कावासोती-३ मा रहेको राममन्दिर नजिकैको खेलमैदानमा हुने महोत्सबमा २५० व्यापारीक स्टल सहित कुल २७५ स्टल रहेका छ्न् ।

प्रकाशित : २०७६ माघ ९ गते ८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI