ट्रकभित्र सामुहिक शारीरिक सम्पर्क, पैसामा विवाद भएपछि हत्या!

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २१ गते १३:२५
ट्रकभित्र सामुहिक शारीरिक सम्पर्क, पैसामा विवाद भएपछि हत्या!

गत माघ ४ गते हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा अर्धनग्न अवस्था तेश्रोलिङ्गी अजिता भुजेल शब फेला परेको थियो। घटनाको झण्डैं १८ दिनपछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको छ। हत्यामा सम्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। भुजेलले चलाउने गरेको मोवाईमार्फत प्रहरी हत्यारासम्म पुग्न सफल भएको थियो।

अजिताले चलाउने गरेको ओप्पो फोनमा एलिसा पाख्रिनले सिम राखेर चलाएको प्रहरी अनुषन्धानमा देखिएसँगै प्रहरी पाख्रिनसम्म पुगेको थियो। पाख्रिन मार्फत नै प्रहरीले मुख्य हत्यारा पत्ता लगाएको हो। पाख्रिनलाई उनका साथी आशिष बलले उक्त मोवाईल दिएका थिए । पाख्रिन मार्फत प्रहरीले आशिषलाई पक्रिएर अनुषन्धान अगाडि बढाएको थियो।

अनुषन्धान गर्दै जाँदा आशिषलाई उक्त मोवाईल बुद्ध लामाले दिएको खुलेको थियो। बुद्ध लामालार्ई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो। बुद्धलाई पनि सो मोबाइल सिमोन परियाले दिएको खुलेको थियो। ट्रक सहचालक सिमोन परियारकै सम्लग्नतामा अजिताको हत्या भएको प्रहरी अनुषन्धानमा देखिएको छ।

कसरी भयो घटना?
ना छ ख ६५२७ नम्मरको ट्रकको सहचालक सिमोनले घटना भएको दिनको राती साहुलाई र चालकलाई नै नसोधि ट्रक हेटौंडा बसपार्क ल्याएका थिए। बसपार्कमा उनको भेट साथी सुशिल थापामगरसँग हुन्छ। सिमोन र सुशिलबीच यौनकर्मी खोजेर शारिरिक सम्पर्क राख्ने योजना बन्छ। सोहि योजना अनुसार ट्रक लिएर उनीहरु थाना भर्याङ जान्छन्।

थाना भर्याङमा रातको १ बजे उनीहरुको भेट तेश्रोलिंङ्गी अजिता भुजेलसँग हुन्छ। अजितासँग उनीहरुले ७ हजारमा यौन सम्पर्क गर्ने सहमति गर्छन्। सिमोनले चलाएकै ट्रकमा सामुहिक शारिरिक सम्पर्क गर्न अजिता तयार हुन्छिन्। शारिरिक सम्पर्क भैसकेपछि पैसामा विवाद हुन्छ। विवाद बढ्दै जादा सिमोन र सुशिलले ट्रकभित्रै अजिताको हत्या गर्छन्।

हत्यापछि उनीहरुले अजिताको शव त्यहि ट्रकमै राखेर क्याम्पाडाँडामा पुर्याएर फाल्छन्। बिजुलीको तारले घाँटी बाधेर उनीहरुले अजिताको हत्या गरेको स्वीकारि सकेका छन्। घटनाबारे थप अनुषन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा अजिताको शव भेटिएको थियो। निलहिरा समाजमा समेत आबद्ध रहेर अभियानमा संलग्न रहेकी उनी यौनकर्मी पनि थिइन्।

प्रकाशित : २०७६ माघ २१ गते १३:२५

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI