तपाईको आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७६ माघ २५ गते ७:१६
तपाईको आजको राशिफल

मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । लेनदेनमा अलि होसियार रहनुहोला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।

बृष- इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । खर्च हुने डरले सताउन सक्छ । सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्नेछ । तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, ह

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । मिहिनेतले नाम र दाम दिलाउनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि केही वस्तु त्याग्नुपर्ला । केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो

समयमा निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ । बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, लगनशीलताले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।

तुला- र, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ ।

बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु

समस्या दोहोरिनाले उत्साहमा कमी आउला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काममा अल्झनुपर्दा ठूलो काम रोकिनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। खर्च बढ्नाले अर्थ अभाव महसुस हुनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमजोरी सुधार गर्ने मौका छ । तर लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । मानसम्मान प्राप्त भए पनि आतिथ्य भने खर्चिलो बन्नेछ ।

मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान् । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन् । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।

प्रकाशित : २०७६ माघ २५ गते ७:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI