प्राइम बैंक र कैलाश विकास बैंकले मर्जरको अनुमति पाए

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १४ गते १२:२२
प्राइम बैंक र कैलाश विकास बैंकले मर्जरको अनुमति पाए

प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अनुमति पाएका छन्।

दुवै बैंकले पुस ३ गते मर्जरका लागि सम्झौता गरेका थिए। मर्जरको सम्झौतासँगै दुवै बैंकले गत पुस २५ गते वार्षिक साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसेकेका छन्।

प्रामइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो। हाल प्राइमको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। त्यस्तै कैलाशको दुई अर्ब ९२ करोड रुपैयाँ छ।

स्वाप रेसियोपछि कैलाश विकास बैंकको दुई अर्ब ७४ करोड रुपैयाँ प्राइमकोमा थपिनेछ। मर्जरपछि प्राइमको चुक्ता पुँजी १३ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ।

स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ। मर्जरपछि प्राइमको कर्जा लगानी एक खर्ब २८ अर्ब रुपैयाँ पुग्नेछ भने निक्षेप संकलन एक खर्ब १५ अर्ब रुपैयाँ पुग्नेछ। त्यस्तै शाखा सञ्जाल २०० नाघ्नेछ।

नेपाल राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृत पाएसँगै संयुक्त कारोबार केहि समयपछि सुरु हुने बैंकले जनाएको छ।

प्रकाशित : २०७६ फागुन १४ गते १२:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI