गैँडाकोटमा मोनिका सुनचाँदी पसल मा चोरी

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १८ गते १०:२९
गैँडाकोटमा मोनिका सुनचाँदी पसल मा चोरी

गैंडाकोट नगरपालिका वडा नं. ४ काङ्ग्रेस चोक बजारको उत्तरपट्टी रहेको मोनिका सुनचाँदी पसलमा आज बिहान सटर फोडेर चोरी भएको छ।

पसलबाट करिब ८ लाख नगद सहित ७०-८० तोला सुन चोरी भएको जानकारी प्राप्त भएको छ। आइतबार बिहान मर्निङ्गवाक गर्नेले सटर फोडिएको देखि पश्चात प्रहरीलाई खबर गरेपछि मात्र चोरीका बारेमा आफूले थाहा पाएको मोनिका सुनचाँदी पसलधनीले बताए।

पसलको सटरमा लगाइएको ताला फोडेर करिब ८ लाख नगदसहित ७०/८० तोला सुन चोरिएको बताएका छन्। उनका अनुसार ग्राहकले बनाउन दिएको सुनचाँदीको झुम्का, पायल, हार सिक्कालगायत अडर मा तयार भएका गहना समेत चोरी चोरी भएको हो।

ईलाका प्रहरी कार्यलय गैंडाकोटका अनुसार आइतबार बिहान ३:१४ बजे सो सटर चोरले फोडेको र सोही बिषयको सिसि टिभी फुटेज पनि प्राप्त भएकाले अनुसन्धानमा चाँडै सफलता मिल्ने र चोरी गर्नेलाई पक्राउ को नजिक पुग्न सफल हुने ईलाका प्रहरी कार्यलयका सहायक निरिक्षक बालकृष्ण शर्माले बताए ।

प्रकाशित : २०७६ फागुन १८ गते १०:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI